काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।केन्द्रीय बैंकले पाँच वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।
समयमै वित्तीय वित्तीय विवरण सार्वजनिक नगर्ने संस्थाले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेका आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास अवधिमा इजाजतपत्रप्राप्त “ख” बर्गका विकास बैंक र “ग” बर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,एक्सल डेभलपमेन्ट बैंक छन् । त्यस्तै फाइनान्स कम्पनीतर्फ वेस्ट फाइनान्स,रिलायन्स फाइनान्स,प्रोग्रेसिभ फाइनान्सलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij