२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५४.०४ अकंले बढ्यो, १२ अर्ब ५ करोड को कारोबार

नेप्से ५४.०४ अकंले बढ्यो, १२ अर्ब ५ करोड को कारोबार

720
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अकंले बढेर २३६४.६३ बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०८ प्रतिशत, विकास बैंक समूहको ४.०९ प्रतिशत, फाइनान्स समूहको ५.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ५.५५ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।

आज ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २२ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनको २० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij