काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएकै दिन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij