काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एंव नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडले पदभार ग्रहण गरेका छन् ।सोमबार पदभार ग्रहण गर्न अर्थ मन्त्रालय पुगेका मन्त्री पौडेललाई कर्मचारीहरूले स्वागत गरेका छन् ।
विष्णु पौडेलले सोमबारबाट पाँचौपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै सोमबार मन्त्री पौडेलले आफ्नो पहिलो निर्णयमा शेयर बजारलाई पनि प्राथमिकतामा राखेका हुन्। ‘शेयर बजार अर्थतन्त्रको ऐना हो’, उनले भने, ‘अनुकूल परिस्थिति बनाउनेतर्फ म लाग्छु।’ पछिल्लो केही दिनमा शेयर बजारप्रति जनतामा उत्साह देखिएको पनि पौडेलले बताए। शेयर बजारलाई सन्तुलित ढंगले बढाउने गरी काम गर्ने उनले प्रतिबद्धता गरे।
यसैगरी मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन्। यो ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्डलगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधि हो।
योसहित उनी अर्थमा पाँचौ र त्यो बाहेक खेलकूद,जलस्रोत र रक्षा मन्त्री भइसकेका छन् । पहिलो पटक २०७२ कात्तिक र दोस्रो पटक २०७७ असोजमा उनी अर्थ मन्त्री बनेका थिए ।
त्यस्तै, तेस्रो पटक २०७८ जेठमा, चौथोपटक २०७९ पुसमा उपप्रधानसहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधानसहित अर्थमन्त्री बनेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij