२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुन वाणिज्य बैंकको ब्याजदर कति ?

कुन वाणिज्य बैंकको ब्याजदर कति ?

555
Shares

काठमाडौं –  साउन महिनाको १ गतेदेखि लागुहुनेगरी वाणिज्य बैंकहरुको नयाँ व्याजदर सार्वजनिक गरेकाछन् । औसतमा साउन महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ ।

व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब साउन महिनाका लागि ६.७३ प्रतिशत कायम भएको छ। असारमा औसत ब्याजदर ६.८७ प्रतिशत रहेको छ। औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर साउनका लागि ०.१४ विन्दुले घटेको हो ।

पछिल्ला महिनाहरुमा बैंकहरुले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा नै चलिहरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij