२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

545
Shares

काठमाडौं -सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन पेश नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij