काठमाडौं – कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६ औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिनाले आज अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई १-० गोलले पराजित गर्यो।
अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता लाउटारो नायक बने ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij