२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल किस्ताबन्दीमा बुझाउन सकिने

डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल किस्ताबन्दीमा बुझाउन सकिने

695
Shares

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत खपत गरेका उद्योगहरुले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

जसअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्राधिकरणले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij