२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यामाहा मोटरसाइकलको नयाँ शोरुम भरतपुरमा

यामाहा मोटरसाइकलको नयाँ शोरुम भरतपुरमा

375
Shares

चितवन – यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता कर्माचार्य इन्टरप्राइजेजले जिल्लामा नयाँ शोरुम शुभारम्भ गरेको छ । इन्टरप्राइजेजले भरतपुर–९, मिलनचोकमा ब्लु स्क्वायर शोरुमको शुभारम्भ गरेको हो ।

इन्टरप्राइजेजकी संरक्षक मुनादेवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘एमएडब्लु’का प्रबन्ध निर्देशक विष्णुबाबु अग्रवालले शोरुमको उद्घाटन गरे ।

प्रमुख अतिथि अग्रवालले यामाहाको इतिहास निकै पुरानो र विश्वासिलो रहेको बताए । उनले देशकै केन्द्र भागमा रहेको चितवन र वरपर रहेका जिल्लालाई समेत लक्षित गरी अत्यधुनिक र सुविधासम्पन्न शोरुम सञ्चालन गरिएकोमा खुसी व्यक्त गरे । अग्रवालले यामाहा मोटरसाइकलको फिचर, फाइदाका बारेमा जानकारी गराए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतले आर्थिक मन्दीको समयमा समेत ठूलो लगानीमा शोरुम सञ्चालन गर्नु निकै चुनौती रहेको बताए । उनीहरूले सरकारले यस्ता व्यवसायीलाई भन्सार र ऋणमा सहुलियत दिनुपर्नेमा जोड दिए ।

इन्टरप्राइजेजका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले चितवनमा यामाहाको मोडलका मोटरसाइकलको अत्यधिक माग रहेकोले शोरुम विस्तार गरिएको बताए ।

यसअघि नारायणगढबाट सेवा दिइएकोमा भरतपुरमा थप सबै सुविधा सहितको शोरुम विस्तार गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij