२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्जुश्री फाइनान्सले ल्यायो ‘तलब बचत खाता’ सञ्चालनमा

मन्जुश्री फाइनान्सले ल्यायो ‘तलब बचत खाता’ सञ्चालनमा

290
Shares

काठमाडाैं –  मन्जुश्री फाइनान्सले आफ्नो ग्राहकको सुबिधाको लागि मन्जुश्री तलब बचत खाता सञ्चालनमा ल्याएको छ। विशेषत गरी कर्मचारीहरुको सुबिधाका लागि ल्याइएको यो खातामा १० लाखसम्मको दुर्घटना बीमाको साथै १ लाखसम्मको घातक रोगको लागि समेत बीमाको सुबिधा उपलब्ध गराएको हो।

खाता सञ्चालनमा भएदेखि ५ वर्षसम्म निशुल्क मोबाईल बैंकिङ तथा एटीएम सुबिधा समेत रहेको यस तलब बचत खातामा फाइनान्सले उच्चतम ब्याजदर दिनेछ।

फाइनान्सले यस तलब बचत खाताअन्तरगत सुलभ ब्याजदरमा अधिकतम रु १५ लाखसम्मको कर्जा बिना धितोमै आफ्ना ग्राहकलाई दिने सुबिधा उपलब्ध गराउनेछ।

आफ्नो २७ शाखाहरुद्वारा सेवा पुर्याइरहेको यस फाइनान्सले करिब १लाख १० हजार ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ।

मन्जुश्री फाइनान्सले जेठ मसान्तसम्म १७ अर्ब ८३ करोड निक्षेप संकलन, र १५अर्ब ५०करोड कर्जा प्रबाह गरेको छ।

मन्जुश्री फाइनान्सले पछिल्लो त्रैमासमा रु १५ करोड नाफा कमाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij