२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

630
Shares

काठमाडौं – कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं या बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij