२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

430
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij