२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतबाट चिनी आयात गर्न १० उद्योगले पाए अनुमति

भारतबाट चिनी आयात गर्न १० उद्योगले पाए अनुमति

930
Shares

काठमाडौं– भारतबाट कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न १० वटा उद्योगले अनुमति पाएका छन् । भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएका हुन् ।

जसअनुसार ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो । त्यसमधये १० उद्योगले अनुमति पाएका छन् । यसरी अनुमति पाउने अधिकांश खाद्य उद्योग रहेका छन् ।

त्यस्तै विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij