काठमाडौं– माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै कम्पनीको सोही बैठकले अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठले आफ्नो कार्यव्यस्तताका कारण दिएको राजीनामा स्विकृत गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij