काठमाडौं– लोकप्रिय गायक खुमन अधिकारीको नयाँ तीज गीत जिन्दगीको मज्जा चर्चामा रहेको छ । सार्वजनिक भइको छोटो समयमा नै गीतले विभिन्न सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । खुमन अधिकारीका सबै गीतहरुलाई श्रोता दर्शकले रुचाउने गरेका छन् । तीज गीत जिन्दगीको मज्जाले टिकटकमा छोटो समयमा नै लोकप्रिय बनेको छ । हजारौं प्रयोगकर्ताले यस गीतमा आफ्नो भिडियो बनाएका छन् । साथै युट्युवमा पनि दर्शकको राम्रो प्रतिक्रिया र भ्युज पाउन सफल भएको छ ।
यस गीतमा गायक खुमन अधिकारीका साथमा शान्तिश्री परियार, देवी घर्ति र अर्जुन कुवँरको आवाज रहेको छ । रविन लामिछानेको शब्द सृजना रहेको यस गीतमा गायक अधिकारीको लय रहेको छ । शिवदर्शन फिल्मसले निर्माण गरेको म्युजिक भिडियोमा खुमन अधिकारी, लोमस शर्मा, अन्जली अधिकारी, ओवि रायमाझी, सारिका केसी र अर्जुन कुँवरको अभिनय रहेको छ । करण चैसिरको छायांकन, नविन घर्तिमगरको सम्पादन रहेको भिडियोलाई गायत्री थापाले निर्देशन गरेकी हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij