२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बिक्री प्रक्रिया स्थगित

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बिक्री प्रक्रिया स्थगित

1.2K
Shares

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लि.को आईपीओ निष्काशन तथा बिक्री प्रक्रिया स्थगित भएको छ । आज नेपाल धितोपत्र बोर्डले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि आईपीओ बिक्री प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । रिलायन्सले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर ८२०।८० रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । योग्य संस्थागत लगानीकर्ताले भने प्रतिकित्ता ९१२ रुपैयाँमा आईपीओ खरिद गरेका हुन् ।

बुक विल्डिङ्गमार्फत् आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको कम्पनीका विरूद्ध संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्डलाई विभिन्न प्रश्न सोध्दै स्पष्टिकरण मागेको छ । कम्पनीको वित्तीय विवरणमा उल्लेख प्रतिसेयर आम्दानी, प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानी र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा उल्लेखित प्रतिसेयर आम्दानीमा धेरै अन्तर परेको बारेमा पनि समितिले बोर्डसँग स्पष्टीकरण माग गरेको हो ।

लेखा समितिको पत्रपश्चात् बोर्डको बुधबार बसेको बैठकले कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij