२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आशा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

आशा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

945
Shares

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीहरूको नाममा रहेको दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम २९९ रुपैयाँमा संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनीहरू नेपाल इन्भेष्टमेण्टको दुई लाख २३ हजार १७२ कित्ता, प्रभु ग्रूपको ११ हजार ४२९ कित्ता र तारा कुमारी भट्टचनको ४ हजार १५७ कित्ता गरी कुल २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीका लागि विक्रीमा राखेको शेयर विक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा कम्पनीले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij