२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १५. ७९ अंकले बढ्यो, ५ अर्बको कारोबार

नेप्से १५. ७९ अंकले बढ्यो, ५ अर्बको कारोबार

1.2K
Shares

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ७९ अंकले बढेर २,१५२ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ ।

आठ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको २.४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३६ प्रतिशत र जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij