२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभाग बीच समझदारी

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभाग बीच समझदारी

1.1K
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभाग बीच अनलाईन प्रणालीमार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ ।

सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुयोग श्रेष्ठ र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा विभागका महानिर्देशक सापकोटाले सरकारले आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रम बढाउँदै लगेको र सो अन्तर्गतनै अनलाईनमार्फत रोक्का/रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बताए ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ श्रेष्ठले अनलाईन प्रणालीमार्फत रोक्का/रोक्का फुकुवा गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij