काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार सुनको मुल्य घटेको छ । यता चाँदीको मूल्य स्थिर छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेर प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँको रेकर्ड बनाएको थियो । आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ४०० रुपैयाँ घटेर मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२० रुपैयाँ तोकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij