२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि लघुवित्तमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

एनएमबि लघुवित्तमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

615
Shares

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रवार पोखराको होटल बाराहीमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण समूहबाट जितेन्द्र बाहेती र सविता सापकोटालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

यस वर्ष कम्पनीले लगानीकर्ताको हात भने खाली बनाएको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश प्रस्ताव गरेको छैन । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij