२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २१ अंकले बढ्यो

नेप्से २१ अंकले बढ्यो

430
Shares

काठमाडौं– आज साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव २७ अंकले बढेर २,१४० को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२५ वटा कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब बढीको शेयर कारोबार भएको छ ।
आइतबार १० उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८५ प्रतिशत लगायत १० उपसूचकमा हरियाली आएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij