काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले केहि संस्थापक शेयरधनीले आंशिक तथा पुरा शेयर बिक्री गर्न इच्छा राखि निवेदन दिएकोमा कम्पनीले ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा संस्थापक लगानीकर्ताको निवेदन नपरेपछि शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
कम्पनीले बिक्री गर्न लागेको शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले पनि खरिद गर्न पाउने छन् । शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदन पेश गर्दा आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij