२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीराम सुगर मिल्सको चार आर्थिक वर्षको साधारण सभा साउन ११ गते हुने

श्रीराम सुगर मिल्सको चार आर्थिक वर्षको साधारण सभा साउन ११ गते हुने

1.2K
Shares

काठमाडौं – श्रीराम सुगर मिल्स लिमिटेडले चार आर्थिक वर्ष (आव)को वार्षिक साधारण सभा साउन ११ गते गर्ने भएको छ । कम्पनीले २६औं, २७औं, २८औं र २९औं वार्षिक साधारण सभा अर्पण ब्याक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७, २०७७/७८, २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले आगामी कार्यकालको लागि सञ्चालकहरूको निर्वाचन गरी सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij