काठमाडौं – क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले २०८१ असार २० गते बिहीबार समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले लघु बीमाको लक्षित वर्ग नेपाल राज्यका गरीब, न्यून आय भएका वर्ग, पीछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्बोधन गरी बीमाको पहुँच विस्तारको लागि उक्त योजना सार्वजनिक गरेको हो ।
क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय गर्न स्वीकृत प्राप्त तीन कम्पनीमध्येको एक हो ।
आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बीमा योजनामा न्यूनतम १८ देखि अधिकतम ६० वर्षसम्मका नागरिक सरिक हुन सक्नेछन् । बीमा अवधि न्यूनतम ५ वर्ष देखि २० बर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजारबाट नै बीमालेख लिन सकिने प्रावधान रहेको छ ।
न्यून बीमाशुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजना दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भुमिका खेल्ने देखिन्छ ।
बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने गर्दछ । अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने छ । आश्रित परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमन तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने यस योजनाको आकर्षणको रुपमा रहेका छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij