काठमाडौं – सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्युटी पार्लरबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ति ब्युटी पार्लर अन्तर्गत देशभर रहेका १३ हेयर एण्ड शान्ति ब्युटी पार्लरका शाखाहरूमा बैंक कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्ड’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij