२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वाेच्चले दियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा अन्तरिम आदेशलाई निरन्तरता

सर्वाेच्चले दियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा अन्तरिम आदेशलाई निरन्तरता

1.2K
Shares

काठमाडौं –  सर्वाेच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले शुक्रबार धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा मुद्दाको फैसला नभएसम्मका लागि अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनाएसंगै विवाद लम्बिने स्पष्ट भएको हो ।

बोर्डका अध्यक्ष प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वाेच्चले यस्तो आदेश जारी गरेको हो । यसअघि असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । शुक्रबारको यो आदेशपछि यसअघि भएको खारेज प्रक्रिया बदर गरि पुरानै प्रक्रियालाई निरन्तरता दिँदै अघि बढाउनुपर्ने भएको छ ।

असार १८ गते सर्वाेच्चले दोस्रो सुनुवाइ नभएसम्मका लागि भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

स्मरणरहोस् अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा.नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, व्यवसायी सन्तोषनारायण श्रेष्ठ र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईसहित पाँच जना सर्ट लिस्टमा छानिएका थिए । यसमा समितिले दुई पटक अन्तर्वार्ता गर्दा मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । बाँकी ३ जना अनुपस्थित भएका थिए । धितोपत्र ऐनअनुसार सिफारिस समितिले कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएपछि अर्थ मन्त्रालयले प्रक्रिया नै खारेज गरेर नयाँ समिति गठन गरेपछि आकाङ्क्षीमध्ये सन्तोषनारायण श्रेष्ठले पुरानै प्रक्रियाअनुसार सिफारिस हुनुपर्ने भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij