काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले टेस्लामा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने छन्। यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय(समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले १९३ शाखा, १५६ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij