२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषको साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

नागरिक लगानी कोषको साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

715
Shares

काठमाडौं- नागरिक लगानी कोषले आफ्नो २९ औँ वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असार ३१ गते आयोजना गर्ने निर्णय हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४.७३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ।

सभाले साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुका तर्फबाट १–१ जना प्रतिनिधि नियुक्त गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ सीआईटीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेसम्म कायम शेयरधनीहरुमात्रै सीआईटीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij