काठमाडौं – बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ६ सय रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij