काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ४, तामाघाटमा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको हो ।
यससँगै कम्पनीको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ । हाल कम्पनीको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ वटा एटीएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।
यसैगरी, कम्पनीका ७१ वटा एक्स्टेन्सन काउण्टर,क्युआर कोड दसेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ग, कनेक्त आईपीएस स्मार्ट क्युर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij