काठमाडौ- मङ्गलवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij