२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि बेष्ट फाइनान्सको ३ लाख ५६ हजार कित्ता हकप्रद सेयर लिलामीमा

आजदेखि बेष्ट फाइनान्सको ३ लाख ५६ हजार कित्ता हकप्रद सेयर लिलामीमा

750
Shares

काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडको ३ लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) सेयरमा मंगलबारदेखि लिलामी खुलेको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । जो कोही व्यक्ति, कम्पनीले किन्न सक्ने यो सेयर खरिदका लागि असार ११ गते सम्म आवेदन दिन सकिनेछ । सेयर आवेदन दिँदा घटीमा एक हजार र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालय र कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगञ्ज र न्युरोड शाखाका साथै ग्लोबल आइएमई बैंकको वीरेन्द्रनगर र धनगढी शाखामा पेस गर्न सकिने कम्निीले जनाएको छ ।

सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij