काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण अधिकारी नियुक्त भएका छन् ।
वित्तीय संस्थाको २०८१ असार १ गते दिउँसो १ः१५ बजे बसेको सञ्चालक समितिको २१९ औ बैठकल असार १ गते देखि लागू हुनेगरी अर्को व्यवस्था नहुन्जेल सम्मका लागि अधिकारीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय भएको हो ।
हालसम्म अधिकारी वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव पदमा कार्यरत रहेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij