काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । लघुवित्तको सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij