काठमाडौं– –आज नेपाली बजारमा सुनचाँदीको मुल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि शुक्रबार जेठ ३१ गते सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य तोलाको १८ सय रुपैयाँ कायम रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij