विराटनगर – काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षकाे भन्दा एक अर्ब कमकाे बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ कराेडकाे बजेट ल्याएको थियाे । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेडकाे बजेट विनियोजन गरेको छ ।
बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कोशी सरकारले कृषि उत्पादकत्व वृद्धि गर्ने, भाैतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij