२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड (पूर्णपाठ)

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड (पूर्णपाठ)

475
Shares
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्न प्रदेश सभा भवनतर्फ जाँदै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ। तस्बिर : धनबहादुर गुरुङ/रासस

काठमाडौं– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि झन्डै ३३ अर्बको बजेट ल्याएको छ। शनिबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट प्रस्तुत गरेका हुन्।

विनियोजित बजेटको ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड ५ लाख ८२ हजार चालु तर्फ र १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् ५९.१९ प्रतिशत पुँजीगत तर्फ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन गरेको छ।

प्रदेशले बजेटको स्रोत अन्तर्गत संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरेको छ।

त्यस्तै प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्क १७ करोड प्राप्त हुने र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात २ अर्ब ९४ करोड नगद मौज्दात हुने अनुमान रहेको मन्त्री गुरूङले बताए।

 

हेर्नुहोस पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij