२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्टरनेसनल टुरिजम एक्सपो सुरू

नेपाल इन्टरनेसनल टुरिजम एक्सपो सुरू

585
Shares

काठमाडौं – नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले आज (शुक्रबार) देखि भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्सपो (नाइट २०२४) सुरू भएको छ। एक्सपो भोलि (शनिबार)सम्म चल्ने छ।

समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरको सहयोग एवंं विभिन्न संघ संस्थाहरूको सहकार्यमा आयोजना गरिएको हो।

एक्सपोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै यो कार्यक्रमले पनि सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए।

‘सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘सरकार नीजि क्षेत्रसँगको सहकार्य र सहभागितामा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दै जाने छ।’

नाइट एक्सपोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल/टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजारभन्दा बढी आगन्तुक सहित मलेसियाको मलेसिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको नाइट संस्थापक/संयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए।

नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको र यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने उनले बताए।
एक्सपोमा शुक्रबार र शनिबार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समूह छलफल (प्यानल डिस्कसन) हुनेछ। जसमा नेपालका पर्यटनका बहुआयामिक विषयहरूमा मन्थन हुने आयोजको धारणा छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij