२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन बैंकको कति घट्यो ?

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन बैंकको कति घट्यो ?

1.5K
Shares

काठमाडौं – वाणिज्य बैंकहरुले असार महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । हालसम्म असारका लागि व्याजदर सार्वजनिक गरेका बैंकहरुको व्यक्तिगत मुद्दति खाताका लागि औसत ब्याजदर ६.८६ प्रतिशत पुगेको छ । यसअघि बैंकहरुले जेठका लागि औसत ब्याजदर ७ प्रतिशत तोकेका थिए । औसतलाई आधार मान्दा ती बैंकहरुको ब्याजदर ०।१४ विन्दुले घटेको पाइएको छ।

असारका लागि सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले घटाएको छ । बैंकले यसअघि जेठमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ७.५० प्रतिशत तोकेकोमा असारका लागि १ प्रतिशतले घटाउँदै ६.५० प्रतिशत तोकेको छ ।

एभरेष्ट बैंकले यसअघि जेठमा व्यक्तिगत मुद्दतिका लागि ६.५० प्रतिशत ब्याज दिईरहेको असारमा ०.७५ प्रतिशतले घटाएर ५.७५ प्रतिशत रहेको छ। यस्तै असारका लागि भन्दै कुमारी बैंकले ०.७० प्रतिशत, लक्ष्मी सनराइजले ०।५० प्रतिशत, प्राइम कमर्शियल बैंकले ०.२५ प्रतिशतले सानिमा बैंकले ०.२० प्रतिशतले र राष्ट्रिय वाणिज्य बैंकले ०.१८ प्रतिशतले ब्याजदर घटाएका हुन् ।

यस्तै असारका लागि एनएमबी र एनआइसी एशिया बैंकले समान ०.११ प्रतिशतले, सिटिजन्स बैंकले ०.१० प्रतिशतले र नेपाल एसबीआई बैंकले ०.०९ प्रतिशतले मुद्धती निक्षेपको ब्याजदर घटाएका छन् ।

यसरी असारका लागि ११ बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाउँदा हिमालयन, माछापुच्छ्रे र नबिल गरी ३ बैंकले असारका लागि मुद्दति निक्षेपको ब्याजदर बढाएका छन् । यस्तै असारका लागि जेठकै बराबर अर्थात स्थिर ब्याजदर राख्नेमा प्रभु, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij