काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो।
घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल नदीमा पुगेको थियो। कारमा चालकसहित ५ जना थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij