२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

445
Shares

काठमाडौं –  मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि क्यापिटललाई विक्री प्रबन्धमा नियुक्त गरको हो ।

आइपीओ निष्कासनका लागि बिहीवार दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
साथै कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी असार ११ गते विशेष साधारण सभा आयोजना गरेको छ ।

अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij