काठमाडौ – साताको अन्तिम कारोबारका दिन विहिबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३२ अकंले घटेर २११२.२९ बिन्दुमा बन्द भएको छ। बिहीबार कारोबार भएका कम्पनीहरूमध्ये ९४ वटा कम्पनीहरूको शेयर मूल्यमा हरियाली छाएको छ ।
बिहिबार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । आज ११ उपसूचक राताम्य भएका छन् ।
यस दिन विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको हो। अन्य उपसूचक भने राताम्य भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij