काठमाडौं – यूनाइडेट अजोड इन्स्योरेन्स लिमिटेडले आज जेठ ३१ गते विशेष साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बाट सुरु हुनेछ।
सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिले पेस गरेको प्रस्ताव पारित गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। चुक्तापुँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेखन गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते बुक क्लोज गरेको थियो । यसको अर्थ जेठ २४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij