काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आउँदा असार १९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको गीता मन्दिर रोडस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७ः१५ बजेबाट सुरु हुनेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लाग ढोका खुला गर्नेछ। यसका लागि आवश्यक सम्पूर्ण कार्य र प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै परिवर्तन, संशोधन वा थपघट गर्नुपर्ने निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९।८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ भने २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ ३१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij