२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकर्ड फर्मास्युटिकल्सले हकप्रद शेयर निष्कासन गर्ने

एकर्ड फर्मास्युटिकल्सले हकप्रद शेयर निष्कासन गर्ने

795
Shares

काठमाडौं-एकर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले असार १४ गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौंको बबरमहलस्थित बसेरा बुटिक होटलमा साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले अधिकृत तथा जारी पूँजी बृद्धिपश्चात् हकप्रद शेयर निष्कासन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले यसअघि नै वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

साथै कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यको ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ निष्कासन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij