काठमाडौं – हिमालयन बैंकको करिब ५१ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
Prabhu Crest इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। संस्थापक शेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक हुन सक्ने बैंकले स्पष्ट पारेको छ। तोकिएको अवधिभत्रि संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij