२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रमिता भइन् क्यापिटल क्विन नेपाल

रमिता भइन् क्यापिटल क्विन नेपाल

800
Shares

काठमाडौं – यसपालीको क्यापिटल क्विन नेपालको ताज भक्तपुर वोडेकी रमीता भण्डारीले पहिरिन सफल भएकी छिन्, ताजसँगै उनले नेपाल फेसन इन्टरटेनमेन्ट अर्वाड २०२५ जापानमा जानको लागी इन्द्री प्याकेज समेत प्राप्त गरेकी छिन् सोमबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा मनिषा मगर फस्ट रनरअप तथा विपुला के.सी. सेकेन्ड रनरअप हुन सफल भएका छन् । हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्यक्रमको सातौं संस्करण हो ।

विविध पेशा व्यवसायमा आवद्ध तथा गृहिणी महिलाहरुको प्रतिभा प्रस्फुटनको कार्यक्रम क्यापिटल क्विन नेपाल २०२४ कार्यक्रममा झण्डै दर्जन प्रतियोगीहरूले तिन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, फोटोसुट, भिडीयोसुट लगायतका विविध विषयहरूमा तालिम लिएका थिए । अवार्ड विजेता चर्चित फेशन कोरियोग्राफर हिमानी सुव्वाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरूले ‘आँखैमा राख्छु मेरो देश’ बोलको राष्ट्रिय गितमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए। साथै परिचयात्मक चरण, सांस्कृतिक परिधान प्रस्तुती चरण, प्रश्नोत्तर चरण, लिखीत चरण र क्राउनिङ, चरण गरी विविधता पूर्ण ढंगले प्रस्तुत कार्यक्रममा प्रतियोगीहरुले निकै राम्रो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु वितरण गरिएको थियो, जसमा रमिता भण्डारी मोस्ट इन्टिलिजेन्ट, मनिषा मगर वेस्ट फोटोजेनिक र मोस्ट पपुलर, विपुला के.सी. मोस्ट स्मार्ट, जुना भण्डारी वेस्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो, सृष्टि कला सिग्देल मोस्ट ऑप्टिमिस्टीक, रोजी बलोन मोस्ट डिलाइटफुल, रेनु गहतराज मोस्ट चार्मिङ, कोपीला परियार मोस्ट डिलिजेन्ट, सविना ब्लोन मोस्ट डेडिकेटेड, र उर्वशी श्रेष्ठ मोस्ट एयाक्टिम भएका थिए । नायक एवं मोडल एसराज गराच, फेशन डिजाइनर सुक्निता चौलागाइ, मिसेस डिभा नेपाल २०२२ हेमा योञ्जन, मिसेस’ नोवेल नेपाल २०२२ शर्मिला थापा र मिसेस डिमा २०२४ सन्तु लामा निर्णायक मण्डल रहेको कार्यक्रम रोजिन शाक्यले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij