२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्जुश्री फाइनान्सद्वारा वेब बैंकिङको सुरुवात

मन्जुश्री फाइनान्सद्वारा वेब बैंकिङको सुरुवात

1.2K
Shares

काठमाडौं –   मन्जुश्री फाइनान्स लिमिटेडले परिस्कृत बैंकिङ सुबिधाको लागि वेव बैंकिङको सुरुवात गरेको छ । यो सुबिधा फाइनान्सका सम्पूर्ण ग्राहकले उपभोग गर्न सक्नेछन ।
आफ्ना ग्राहकलाई डिजिटल ओम्नी च्यानलअन्तर्गत सरल तथा सहज रुपमा बैंकिङ सेवा दिने फाइनान्सको उदेश्य अनुरुप यो सुबिधा व्यक्तिगत खाता सञ्चालक तथा संघ संस्था दुवैको लागि ल्याएको हो ।

यो सेवा निकै सरल, सुरक्षित र छरितो रहेको र यो सेवाले ग्राहकको बैंकिङ अनुभवलाइ अझै उत्कृष्ट बनाउने अपेक्षा फाइनान्सले गरेको छ ।

मन्जुश्री फाइनान्सले २७ ओटा शाखाद्वारा सेवा दिदै आएको छ । १ अर्ब ३५ करोड चुक्तापूँजी भएको यो फाइनान्सले हालसम्म करिब १७.५ अर्ब निक्षेप संकलन तथा करिब १५ अर्बको कर्जा लगानी गरेको छ ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत रेमिट्यान्स, मोवाइल बैंकिङ,एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकि¥ सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij