२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दिपल एस०७ को नयाँ मूल्य सार्वजनिक

दिपल एस०७ को नयाँ मूल्य सार्वजनिक

775
Shares

काठमाडौं – नेपालका लागि चांगान र दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस ०७ को बुकिङ खुला गरेको छ। इलेक्ट्रिक भेहिकलको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्लु वृद्धिअटोकर्पले दिपल एस०७ को नयाँ मूल्य घोषणा गरेको हो।

कम्पनीले ७४ लाख ९९ हजार रूपैयाँमा दिपल एस०७ को बुकिङ खुला गरेको हो। दुई महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७ले छोटो समयमै नेपाली बजारबाट सुखद प्रतिक्रिया पाएको बताइएको छ। यसको आकर्षक डिजाइन, बेजोड पर्फमेन्स र अत्याधुनिक फिचरमार्फत् दिपल एस०७ ले इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ।

बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगान नेपाल उत्साहित रहेको बताइएको छ। चांगान नेपालले नयाँ दिपल एस०७ असारको अन्तसम्ममा ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको छ। इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा वेलकमिंग सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिंग मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ वटा सोनी स्पिकर लगायत १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचर रहेका छन्।

यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले दिपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन कारको पर्फमेन्सलाई पनि राम्रो बनाएको छ।

यसबाहेक ड्राइभिंगलाई नयाँ उचाइमा पुर्‍याउन यसमा रियर ह्विल ड्राइभ रहेको छ। दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ जसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij